बिहीबार हेटौँडामा चलचित्र “निलो फुल” प्रदर्शन हुने

हेटौंडा टुडे
२०७९ फाल्गुन १७, बुधबार १६:४६ गते

हेटौँडा । बिहिबार हेटौँडामा चलचित्र निलो फुल को प्रिमिएर हुने भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू माथि हुने भेदभाव सम्बन्धी बिषय बस्तुमाथि तयार भएको चलचित्र निलो फुल भोलि हेटौँडाको एन. एस. सिनेमामा  प्रिमिएर हुन लागेको हो ।

फ्रेण्ड्स हेटौँडा मकवानपुरको समन्वयमा भोलि अर्थात फागुन १८ गते बिहिबार चलचित्र प्रदर्शन हुन लागेको हो । हेटौंडाबासिको लागि नि:शुल्क प्रर्दशन हुन लागेको चलचित्र बिहान १० बजे सुरु हुनेछ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारि मोक्तानको तथा पुर्व सासंद तथा कलाकार निर्माता निर्देशक सुनिल बाबु पन्त सहित बिभिन्न सरोकारवाला ब्यक्तित्वहरु ,बृद्धिजिबि सर्कल ,बिध्यार्थिहरु ,शिक्षकहरु , स्वास्थ्यकर्मिहरु , बिभिन्न राजनैतिक दलका ब्यक्तित्बहरु , पत्रकार, महिला अधिकारकर्मिहरु र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका परिवारहरु लगायतको उपस्थिति रहेने फ्रेन्डस् हेटौंडाकी संयोजक किरण थापाले जानकारि दिनु भयो ।

चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन भइसकेको छ । चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो चलचित्र सन्देश मुलक भएकाले फ्रेन्डस् हेटौंडाकी संयोजक थापाले सबै सरोकारवाला ब्यक्तिहरुलाई एक पटक चलचित्र हेर्न अनुरोध गर्नु भएको छ ।

२३ वर्ष अघि सन् २००१ मा लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्न नील हिरा समाज नामक गैरसरकारी संस्था स्थापना गर्नु भएका निर्माता तथा निर्देशक पन्तले  आफुले निमार्ण गरेको चलचित्र हेटौंडा बासिहरु संगै बसेर हेर्न पाउदा खुसि ब्यक्त गर्नू भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*