चुरियामाई मन्दिर नजिकै एक जना पुरुष मृत फेला

हेटौंडा टुडे
२०७९ चैत्र ३०, बिहीबार ११:५९ गते

हेटौड |हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई मन्दिर नजिकै बुधबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

उक्त शव अन्दाजी ५५ वर्षीय भारतीय नागरिक मनोज हेमराज गिरीको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, निजको साथमा रहेको आधारकाडको आधारमा उनको सनाखत गरिएको हो । मृतक गिरी बिगत २ वर्षदेखि मन्दिरको छेउमा पाल टांगेर बस्दै आएको थिए ।

उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*