कैलाशमा ग्रामीण आँखा केन्द्र

हेटौंडा टुडे
२०७९ चैत्र ३०, बिहीबार १३:२८ गते

हेटौडा | कैलाश गाउँपालिका र हेटौडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा कैलाश गाउँपालिका कालिकाटारमा कैलाश ग्रामीण आँखा केन्द्र उद्घाटन भएको छ ।
कैलाशा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान र तिलगंगा आँखा प्रतिष्ठानका आउटरिच म्यानेजर डा। मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा केन्द्र उद्घाटन गरेका हुन् । केन्द्रमा बुधबारदेखि आँखा जाँच कार्यक्रम सुरु भएका हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष मोक्तानले आँखाका बिरामीहरुलाई यो केन्द्रले धेरै सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । नेपाल आँखा कार्यक्रमका आउटरिच म्यानेजर डा। मोहन कृष्ण श्रेष्ठले तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक कार्यक्रम अन्तर्गत गाँउ घरमा नै पुगी सेवा प्रदान गर्न ग्रामीण आँखा केन्द्र पालिकाहरुसंग सहयकार्य गर्दै स्थापना गरेको बताए ।

केन्द्रमा आँखा जाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरहरुको पनि कार्यक्रम रहेकोे छ ।

उद्घाटनको अवसरमा आयोजित निशुल्क आँखा शिविरमा १ सय ८६ जना बिरामीको आँखा जाच गरिएकामा २१ जना मोतिविन्दुका बिरामीहरुको भेटिएको छ । मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*