प्रधानमन्त्री दाहाल आज मध्य प्रदेश जाँदै

हेटौंडा टुडे
२०८० जेष्ठ १९, शुक्रबार १०:४४ गते

हेटौंडा| चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रो दिन आज  मध्य प्रदेश जाँदै छन् ।

उनले मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने भएका हुन् । उनलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने छन् । त्यहाँबाट उनी इन्दोर प्रस्थान गर्ने छन् । उनी आज मध्य प्रदेशमै रहनेछन् । शनिबार दिल्ली फर्कने छन् र त्यहाँबाट नेपाल आउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*