हेटौँडा १५मा प्रशारण लाइनको तार फेर्ने कार्यमा स्थानीयको अवरोध

हेटौंडा टुडे
२०८० जेष्ठ २२, सोमबार १४:१० गते

हेटौँडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले  कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रशारण लाइनको तार फेर्ने कार्यमा स्थानीयले अवरोध गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्दले सुचना प्रकाशित गर्दै आज पदमपोखरी फिडर अन्र्तगत हेटौँडा १५को रातोमाटे , सुकौली र रिद्धिसिद्धि सिमन्ट उद्योग आसपासको क्षेत्रमा कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रशारण लाइनको तार फेर्ने कार्यमा गरेको थियो ।

कार्य भइरहदा स्थानीयले अवरोध गरेका हुन । अहिले प्रधिकरणका प्रतिनिधि र स्थानीय बिच छलफल भइहरेको बुझिएको छ । यस बिषयमा बुझन आयोजना प्रमुख राजेन्द्र कोइरालालाई फोन गर्दा सम्पर्क भएन । अहिले उक्त स्थानमा प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*