हेटौंडा| हेटौंडामा बुधबार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बुद्धचोक बस्ने अन्दाजी २६ वर्षीय कुमार स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्याङ्तानको आप्नै घरदेखी अन्दाजी ८०० मिटर पुर्वतर्फ रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट लगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, स्याङ्तान बुधबार अपराह्न ४ः१० बजेको समयमा सालको रुख काट्ने क्रममा २० मिटर तल खोल्सामा खसी घटनास्थलमै मृत्यु भएको हो ।
सेयर गर्नुहोस्






















