चाइना क्वाटरमा आफ्नै घरको पूजा कोठामा दाहाल दम्पति झुण्डिएको अवस्थामा फेला

हेटौंडा टुडे
२०८० जेष्ठ २७, शनिबार ११:४४ गते

हेटौंडा । हेटौंडा १ चाईना क्वाटरमा श्रीमान श्रीमतीको शव झुन्डिएको अवस्थामा फेला परेको छ। हिजो शुक्रबार राति ९ बजेतिर दुबैजना आफ्नै घरको पूजा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । स्थानीय ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र निजकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । आफ्नै तीन तले पक्की घरमाथिको फलामको ट्रसमा गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको मकवानपुर प्रहरी ले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*