हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ ।
बुधबार राति परेको बर्षा कारण सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी आसपासको स्थानमा पहिरो खसेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ ।
हेटौंडा तर्फ आउदै गरेको र काठमाडौं हिडेका सवारी विचमै रोकिएका छन् । प्रहरी घटनास्थल पुगेको र पहिरो हटाउन समन्वय भइरहेको जनाइएको छ । प्रहरीले उक्त सडकखण्डको सट्टा बैक्लपिक मार्ग प्रयोग गर्न भनेको छ ।
सेयर गर्नुहोस्






















