हेटौंडा| हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविर वडा नम्वर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा भएको हो ।
शिविरमा ५ सय ८८ जना सेवा लिएको ४ नम्वर वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिए । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री रोग विशेषज्ञ प्रशान्तराज शर्मा, बालरोग विशेषज्ञ विनोमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले विरामी चेकजाँच गरी औषधी प्रदान गरिएको थियो ।
वडा सदस्य तथा कार्यक्रम संयोजक जनरल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, सो कार्यक्रममा ४ नं.निवासी शान्ति ढुङ्गानाद्वारा लिखित नारी सन्देश नामक पुस्तक विमोचन गरिएको थियो ।






















