हेटौंडा| राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बिहीबार हेटौंडामा वृक्षारोपण कार्यक्रम गरिएको छ । दिवसको अवसरमा हेटौडा ९ दिब्य बाल उद्यन परिसरमा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाका मेयर मिना लामा,टोल विकास संस्था नगर समन्वय समितिका सदस्य तथा भुगोल इन्चार्ज यदुवंश खतिवडा ,टोल विकास संस्था हेटौंडा ९का अध्यक्ष रमिला सापकोटा तथा प्रगतिशिल टोल विकास संस्थाको बासिन्दाहरुको सक्रिय सहभागीतामा धुपि र विभिन्न फुलको बिरुवाहरु रोपेका थिए ।
सेयर गर्नुहोस्






















