हेटौडा । गाैरव महिना मनायो लैङ्गकि तथा अल्पसंख्यक समुदायले फ्रेन्ड्स हेटौंडाको आयोजनामा याैनिक तथा अल्पसंख्यक समुदायले जुनलाई गाैरव महिनाको रुपमा मनाएको छ । सन् १९१९ अमेरिकाको एक क्लबमा प्रहरीले याैनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई हत्या गरिएको थियो । तर अमेरिका सरकारले पछि सबैले समान र स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्छ, मानवअधिकारको प्रत्यभूत र अन्य नागरिक सरह समान अधिकार पाउनुपर्छ भन्दै याैनिक तथा अल्पसंख्यकको हितमा कानुन निर्माण गरिएको दिनको सम्झनामा विश्वभर उक्त समुदायले गाैरव महिनाको रुपमा मनाउँदै आइरहेको फ्रेन्ड्स हेटौंडाका संयोजक किरण थापाले जानकारी दिनुभयो ।
सोही दिनको सम्झनामा बागमती प्रदेशभित्रका याैनिक तथा अल्पसंख्यक समुदायले शुक्रबार हामी भिन्न होइनौं हामी अभिन्न हाैँ भन्दै जुन महिनालाई गाैरव महिनाको रुपमा मनाएको छ। अमेरिकामा घटेको उक्त घटना दोहो याएर याैनिक तथा अल्पसंख्यक समुदायमा नघटोस् भन्दै प्रभातफेरिको आयोजना गर्दै दिवस मनाइएको छ । बुद्धचोक हुँदै बसपार्क, सिमाचोक, स्कुलरोडबाट कान्तिराजपथ हुँदै पुन: बुद्धचोकमा गएर प्रभातफेरि समापन गर्दै उक्त दिवस मनाएको छ । संयोजक थापाको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा प्रभातफेरिको आयोजना गरिएको हो । प्रमुख घलानले मन्तव्य राख्नुहुँदै सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएको छ । जसमा एसिया मुलुकमध्ये नेपालमा पहिलो रुपमा उक्त समुदायलाई समलिङ्गी विवाहलाई मान्यता दिनु खुसीको विषय रहेको बताउनु भयो ।
तेस्रोलिङ्गी प्रकृतिक रुपमा जन्मेका हुन्छन् । तीनीहरुको हकअधिकारको सुनिश्चितता राज्यले दिनुपर्छ । मानव हकहितका लागि हामी सबैले साथ दिइरहेको छाैँ र याैनिक तथा अल्पसंख्यक समुदायको मुद्दाको लागि एकाकार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख भीम प्रसाद सापकोटा र गैरसरकारी संस्थाको प्रतिनिधित्व गर्दै रमिला सापकोटाले मन्तव्य राख्नुभयो । कार्यक्रममा याैनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी र विभिन्न संघ संस्थाको व्यक्तिहरुको उपस्थिति थियो
सेयर गर्नुहोस्



















