हेटौँडा । हेटौँडामा आइतबार राति नेपाल बैंकको एटिएम तोडफोड गरेका छन् भने हार्डवेयर पसलमा चोरी भएको छ ।आइतबार राती हेटौंडा–५ कान्तिराजपथमा रहेको नेपाल बैंकको एटिएम फोडिएको र एटिएम नजिक रहेको हाम्रो पुडासैनी हार्डवेयर फोडेर चोरी भएको मकवानपुरका प्रहरीले जनाएको छ । । प्रहरीको अनुसार एटिएम फोडिएको अवस्थामा फेला परेको र हार्डवेयरको सटरको ताला तोडिएको भन्ने जानकारी आएर प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको जनाएका छन् । घटनामा के कती रकम चोरी भयो भन्ने बिषयको जानकारी आउन बाकि छ ।
सेयर गर्नुहोस्






















