बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित

हेटौंडा टुडे
२०८० असार २२, शुक्रबार ११:४३ गते

हेटौंडा|  बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाबाट पारित भएको छ । बागमती प्रदेश सभाबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

प्रदेश सभाको बैटकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले प्रेस सभामा पेस गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आव २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बहुमतले स्वीकृत गरेको हो ।

अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० माथिको छलफलमा प्रदेश सभा सदस्य सिर्जना सायजु र डा. दिनेशचन्द्र देवकोटा छलफल सहभागी भएका थिए ।

मन्त्री तामाङले आगामी आर्थिक वर्षको योजना र कार्यक्रम कार्यान्वयन गर्न असार १ गते ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याएका थिए ।

विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ । कुल विनियोजित बजेटको चालुतर्फ ४२.५८ प्रतिशत, पुँजीगततर्फ ५६.६२ र वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*