हेटौडा । शिक्षा सम्बन्धी क़ानूनमा देखिएका समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सामूदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघका सचिब महमद समीम सहितको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र शिक्षा समन्वय इकाइका प्रमुख मार्फत प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मन्त्रीपरिषदमा विचारधीन रहेको शीक्षा सम्बन्धी क़ानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनैपनी सरोकारबालाहरुसंग छलफल र परामर्श बिना नै तयार गरेको ,विधेयक मस्यौदामां विद्यालय ब्यवस्थापन समिति सम्बन्धी ब्यवस्था त्रुटीपूर्ण रहेकोले सच्याउका लागि माग गरिएको हो ।
बिद्यालय संचालन र ब्यवस्थापनमा अभिभावकको कुनै पनी सहभागिता संलंग्नता र भूमिका न रहने गरी विधेयक मस्यौदा तयार भएको बुझीएकोले उक्त विधेयकको व्यवस्थाप्रति विद्यालय व्यवस्थापन समिति महासंघ को गंभीर ध्यानआकर्षण भएको जनाउँदै सच्याउनका लागि माग गरिएको हो ।
वडा अध्यक्ष लाई बिधालय व्यवस्थापन समित को नेतृत्व दीने विधेयकको उक्त व्यवस्थाबाट सामुदायिक बिद्यालयको मर्म माथी प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा सामुदायकों सहभागिताको अधिकार माथी हस्तक्षेप भएको,सामुदायिक बिद्यालय अभिभावक,सामुदायको हातबाट खोसीएकों र समग्र सार्वजनिक शीक्षा प्रणालीलाई नै कमजोर बनाउने खेल भएकोमा बिरोध जनाएका हुन् ।
सामूदायिक बिद्यालय ब्यवस्थापन समिति महासंघले समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधी पाँच वर्ष कायम गरिनुपर्ने, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरिर्नुपर्ने, सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रुपमा क्रियाशिल विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघिय शिक्षा ऐनमा व्यवस्था गरिनुपर्ने लगायतका मागहरु राखिएको सचिब समीममले बताउनुभयो ।






















