मनकामनाका दर्शनार्थी बोकेको ईभी माइक्रो दुर्घटना एक जनाको मृत्यु, १४ जना घाइते

हेटौंडा टुडे
२०८१ फाल्गुन १९, सोमबार १५:२९ गते

गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु र १४ जना घाइते भएका छन्। मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका ३, स्थित कान्टारमा बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चितवन जिल्ला खैरहनी गाउँपालिका-२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा खसेको थियो।

घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*