हेटौँडा औद्योगिक क्षेत्रअगाडि ग्यास बुलेट दुर्घटना

हेटौंडा टुडे
२०८१ चैत्र ७, बिहीबार १०:४५ गते

हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ।

बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जादै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो। बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएक मकवानपुर प्रहरी जनाएको छ ।दुर्घटनामा मानवीय क्षति नभएको जनाइएको छ।ग्याँस भरि रहेका कारण थप क्षति हुनुनदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*