प्रतिनिधि सभा बैठक बस्दै नबसी १७ गतेसम्मका लागि स्थगित

हेटौंडा टुडे
२०८१ चैत्र १५, शुक्रबार १४:४७ गते

हेटौंडा ।प्रतिनिधि सभाको बैठक बस्दै नबसी १७ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी सूचना टाँस गरिएकोमा उक्त समयम पनि बस्न नसकेपछि १७ गतेसम्मका लागि स्थगित भएको हो।  आजका लागि बोलाएको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न सकेन।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ  हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गरेका छन्।तर, प्रधानमन्त्री ओली भने जवाफ दिन्न भन्दै  हिँडेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*