बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज बस्दै

हेटौंडा टुडे
२०८१ चैत्र १८, सोमबार १०:५४ गते

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयले आज सर्वदलीय बैठकको आह्वान गरेको छ । चैत १९ गते बस्ने बैठकको लागि आज सर्वदलीय बैठक आह्वान गरिएको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज अपराह्न ४:३० बजे प्रदेशसभा सचिवालयमा बैठकका लागि प्रदेशसभामा रहेका ७ दललाई आह्वान गरेका छन् विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी गरिएको  छ ।।बैठकमा प्रदेशसभाको कार्यसूची लगायतबारे छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*