मकवानपुर हटियाका एक व्यक्तिको शव फेला,हत्या भएको आशंका

हेटौंडा टुडे
२०८१ चैत्र २०, बुधबार ११:२९ गते

हेटौंडा । हेटौँडा–१६, हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८, देउतीभञ्ज्याङमा शव फेला परेको छ । हेटौँडा–सिन्धुली मार्गअन्तर्गत बागमतीको देउती भञ्ज्याङमा सडकछेउ नालीमा बुधबार बिहान दंगाल मृत भेटिएका हुन् ।

मृतकको शरीरमा चोट रहेको र शव भेटिएको नजिकै रगत लतपतिएको भेटिएको स्थानीयले बताएका छन् । प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाउने कार्य गरिरहेको छ । शव अझै घटनास्थलमै रहेको छ । प्रहरीले मृतक दंगालसँगै रहेका २ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मंगलबार राती नजिकैको होटलमा झगडा भएको स्थानीयको भनाइ छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*