पिप्ले–क्याम्पा रंगशालामा शिव महापुराण हुने

हेटौंडा टुडे
२०८१ चैत्र २०, बुधबार १३:५५ गते

हेटौंडा। राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण गर्ने भएको छ । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि सञ्चालक राधा फाउन्डेसन तथा पुराण आयोजक समितिको  आयोजनामा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । भागवत् कथावाचिका राधिका दासीको नेतृत्वमा फाउन्डेसनमा सरकार, गैरसरकारी निकायको सहयोगको अपेक्षा गरेको दासीले बताउनुभयो । हाल दाताहरुको सहयोगमा झापाको कन्काइ नगरपालिका–६, मनसापुरस्थित १८ कोठे आश्रम तथा सत्संग भवन निर्माण जारी रहेको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा १४ गते हेटौंडाका ९० वर्ष कटेका ज्येष्ठ नागरिक तथा समाजमा धार्मिक तथा साँस्कृतिक जागरण गदै आएका आमा समूहमा रहेकालाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

शिव महापुराणका लागि वडा अध्यक्ष सुशील घिमिरे संयोजक रहनुभएको छ । वैशाख २ गते राप्तीस्थित गोरक्षेश्वरबाट कलशयात्रा सुरु गरिने आयोजकले जानकारी दिएको छ । राधिका फाउन्डेसनको आफ्नै भवन नभएको अवस्थामा झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ भने ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको जानकारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*