अनुमति बिना बन्दुक बोक्ने एक व्यक्ति पक्राउ

हेटौंडा टुडे
२०८१ चैत्र २६, मंगलवार १५:४४ गते

हेटौंडा । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा भेटिएपछि युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैतडीस्थित दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*