मकवानपुरगढीमा करेन्ट लागेर एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८१ चैत्र २९, शुक्रबार १०:५२ गते

हेटौंडा। मकवानपुरगढीमा करेन्ट लागेर तिमल्सिनाको मृत्यु भएको छ।
शुक्रबार बिहान  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा स्थानीय अन्दाजी ५५ वर्षीय भुमि नन्द तिमल्सिनालाई करेन्ट लागेको र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। तिमल्सिनालाई आफ्नै घरमा  सफा गर्ने क्रममा अचानक करेन्ट लागेको र गम्भीर घाइते उनको उपचारको लागि हेटौडा अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा बिहानै मृत्यु भएको हो। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*