मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

हेटौंडा टुडे
२०८२ बैशाख ४, बिहीबार ११:१५ गते

हेटौंडा । मकवानपुरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा भएको दुर्घटनामा १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।घाइतेहरुलाई उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका हुन। दुर्घटनामा परेको बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*