हेटौंडा। साताको चौथो कारोबार दिन (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६५ रुपैयाँ कायम भएको छ।
सेयर गर्नुहोस्






















