मकवानपुरमा सवारी दुर्घटनाबाट एक पैदल यात्री को मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख १५, सोमबार ११:२० गते

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटना बाट एक जनाको मृत्यु भएको छ । हेटौंडा ८ स्थित पुर्ब पश्चिम सडक खण्डमा भएको दुर्घटना बाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो । १४ गते राति अन्दाजी ११:४० बजे पुर्ब पश्चिम सडक खण्डको एचआइडीमा पोखराबाट उदयपुर कटारी तर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसले पैदल यात्रीलाई ठक्कर दिंदा घाइते थिए र उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  श्यामु अर्यालले जानकारी दिएका हुन ।

ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसले ठक्कर दिंदा पर्सा जिल्ला पर्सौनी गाउँपालिका ३ कटैया बस्ने अन्दाजी बर्ष ३६ को परवेज अन्सारीको मृत्यु भएको हो । पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको ना ७ ख ११०१ नम्वरको यात्रु बाहक बसलाई बारा प्रहरीको सहयोगमा अम्लेखगंज बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ ।

मृतक अन्सारी ना ५ख ८६६८ नम्बरको ट्रकको धनी रहेको खुल्न आएको छ । मृतकको उक्त ट्रक सोही एरियामा बिग्रिएर मर्मतको लागी मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको र घटना सम्बन्धमा अनुसन्धान भैरहेको अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*