नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

हेटौंडा टुडे
२०८२ बैशाख १७, बुधबार १३:३० गते

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो । पक्राउ गर्नुका कारण खुल्न बाँकी रहेको छ। प्रज्ञा भवनको हलमा आज बिहान ठीक ११ बजेका कार्यक्रम सुरु हुने तालिका रहेपनि अहिलेसम्म औपचारिक कार्यक्रम सुरु हुन सकेको छैन। दुई पार्टीका नेताहरूबीच कमिटी निर्माणमै विवाद देखिएपछि एकता घोषणा हुन बाँकी रहेको स्रोतको भनाई छ। पार्टीका एक नेताले भने हल बुकिङको प्रक्रिया पूरा नगरी कार्यक्रमस्थल जाँदा ताल्चा नखुलेको र प्रक्रिया अगाडि तयारी भएको बताए।

एकता सभामा सहभागी हुन पुगेका चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*