चट्याङ लागेर एक बालकको मृत्यु

हेटौंडा टुडे
२०८२ बैशाख २३, मंगलवार ११:२७ गते

हेटौंडा।  उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८, फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको हो। सोमबार (वैशाख २२) दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर फर्किएका थिएनन् । बेलुका खोजी गर्न जाँदा उनी ढलिरहेको अवस्थामा फेला परेका थिए । साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएको थियो । घटनाको थप अनुसन्धान भइरहो जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*