आज रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई हुदै

हेटौंडा टुडे
२०८२ जेष्ठ ८, बिहीबार ११:२१ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुने भएको छ ।  मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।  यस अघि बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नु पर्ने भएपछि यो रिट बुधबार पेसी तोकिएको थिएन ।

विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको रिटको पेसी तोकिएको छ । मंगलबार लामिछाने र  उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बरको निवेदनलाई एकै ठाउमा राखेर सुनुवाइ सुरु भएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा।नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।  आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित केहि अधिवक्ताहरुले बहस गर्ने तयारी गरेका थिए भने पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतकाा कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्ने बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*