हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्






















