टर्च लाइट खोज्ने क्रममा भर्‍याङबाट लडेर वृद्धको मृत्यु

हेटौंडा टुडे
२०८२ जेष्ठ १८, आईतवार १३:५४ गते

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालका ४ चौतारा घर भएका एक वृद्धको भर्‍याङबा लडेर मृत्यु भएको छ । विद्युत् नभएको समयमा टर्च लाइट खोज्ने क्रममा पक्की घर भएको एक तल्लाको भर्‍याङबाट लडेर गम्भीर भएका सूर्यबहादुर थिङको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार राति भर्‍याङबाट लडेर भुईमा खसी घाइते हुनुभएको ७० वर्षीय थिङको बयोधा हस्पिटल बल्खु काठमाडौँमा उपचारको क्रममा शनिबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*