हेटौंडामा होटलको तेस्रो तलाबाट खसेर युवकको मृत्यु

हेटौंडा टुडे
२०८२ असार ३, मंगलवार १२:०५ गते

हेटौंडा ।  हेटौंडामा होटलको तेस्रो तलाको छतबाट खसेर युवकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो।  मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय अमित मोक्तान छन्। सोमबार होटलको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो।

उक्त होटलमा मोक्तानकी पत्नी कार्यरत थिइन् र उनी त्यही होटलमै बस्दै आएकी थिइन्। मोक्तान पत्नीलाई भेट्न होटल गएका थिए। उहा होटलको तेस्रो तल्लामा रहेको बाहिरी रेलिङबाट एक्कासी भुइमा खसी घाइते भएका थिए। उनले मदिरापान गरेको प्रहरीले जनाएको छ।  प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*