मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

हेटौंडा टुडे
२०८२ असार ५, बिहीबार ११:११ गते

हेटौंडा । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ । करेन्ट लागेर राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुनको मृत्यु भएको हो । बुधबार दिउँसो आफ्नै घरमा मोबाइल चार्ज गर्दा खातुनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेका थिए। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पतालले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*