हेटौंडा । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले घटेको हो। यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । यससँगै मंगलबार तोलामा चाँदी २१ सय ६० रुपैयाँ रहेको बुधबार चाँदी २१ सय ४० रुपैयाँ कायम भएको छ।
सेयर गर्नुहोस्






















