नेपालमा भित्रियो १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स

हेटौंडा टुडे
२०८२ असार २४, मंगलवार १४:१७ गते

हेटौंडा । चालु  आर्थिक वर्ष २०८१/ ८२ को एघार महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशतले बढेको छ। यस अवधिमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७२ प्रतिशतले बढेको थियो। २०८२ जेठको विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँछ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। यस खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश चार लाख २१ हजार ५६ र दुई लाख ६१ हजार २१० थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*