हेटौंडा । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघकाअनुसार लगातार पाँच दिनदेखि छापावाल सुनको मूल्य बढिरहेको छ । आज सुन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो । समग्रमा सुनको मूल्य पाँच दिनमा ३५ सय रुपैयाँले बढेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















