हेटौंडा। जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन। बाजुराको हिमाली गाउँपालिका- ५ किउडीबाट धुलाचौरका लागि छुटेको जीप टुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । कम्तिमा १५ जना बढी घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए।
सेयर गर्नुहोस्


















