सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण ९, शुक्रबार ११:०९ गते

हेटौंडा ।  साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

मूल्यमा भएको घटबढसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २४ सय रुपैयाँले घट्दै १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*