साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से

हेटौंडा टुडे
२०८२ श्रावण ११, आईतवार १५:४८ गते

हेटौंडा।  साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४४ अंकले घटेको छ ।  नेप्सेमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से घटेर २९६४.२० अंकमा आइपुगेको हो ।

आइतबार नेप्सेमा शेयर कारोबार हुँदा ६३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा नेप्सेको पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ । आइतबार नेप्सेमा भएको शेयर कारोबारमा समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आजको कारोबारमा डेभलपमेन्ट बैंक, म्यानुफ्याक्चरिङ, लघुवित्त, म्यूचुअ फन्ड र व्यापार समूह बाहेक अन्यको सूचक घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*