सोमबार सुनको मूल्य स्थिर, चाँदी बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण १२, सोमबार ११:३० गते

हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ।  त्यही बीच चाँदीको मूल्य भने बढेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य आइतबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  वैशाख ९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*