बालुवाटार बैठकमा बागमती प्रदेशका राजनीतिक घटनाक्रम बारे प्रधानमन्त्रीको चाँसो

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १५:२१ गते

हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेससँग चाँसो प्रकट गरेको छ ।  बालुवाटारमा बिहीबार भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बागमती प्रदेश सरकारबारे चाँसो प्रकट गरेका हुन् ।

यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउने सम्मका चर्चा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*