मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा गम्भीर घाइते

हेटौंडा टुडे
२०८२ श्रावण १८, आईतवार १२:५७ गते

हेटौंडा ।  मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा गम्भीर घाइते भएको छ। आइतबार बिहान रुपन्देहीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको हो ।

ना ६ प ६६३० नम्बरको मोटरसाइकल सियारी गाउँपालिका ७ मा दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षका राममिलन धवलको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी उक्त दुर्घटनामा उनका छोरा मोटरसाइकल चालक ३२ वर्षका विनोद धवल गम्भीर घाइते भएका छन । घाइते भएका टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचारका भइरहेको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*