राष्ट्रिय सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८२ श्रावण २७, मंगलवार १०:५६ गते

हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ पेश गर्नेछन्।
बैठकमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*