हेटौंडा । अविरल वर्षा सँगै खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । १३ घण्टा पछि उक्त राजमार्ग खुलेको छ। राजमार्गको खोडपे–बझाङ सडक खण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको हो ।
लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो। सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आआफ्ना गन्तव्य तर्फ लागेका छन्।
सेयर गर्नुहोस्


















