हेटौँडा। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला पुल नजिकै ढुङ्गा सहितको पहरो खस्दा सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेको हो। पहिरोका कारण सडक दुईतर्फीरुपमै अवरुद्ध भएको जनाएको छ। यसअघि बिहान पहरोबाट झरेको ढुंगाले लागेर मुग्लिनतर्फ जादै गरेको स्कुटरमा सवार एक व्यक्ति घाइते भएका थिए। बागमती प्रदेश ०६-००३ प ३८१६ नम्बरको स्कुटरमा सडक माथिबाट ढुङ्गा झरेक लागेको थियो। स्कुटरमा सवार चितवनको रत्ननगर-३ बस्ने सन्दिप रिजालको खुट्टामा चोट लागेको छ।
सडक खुलाउन डिभिजन सडक कार्यालय भक्तपुरसंग समन्वय भइरहेको जनाइएको छ ।
सेयर गर्नुहोस्


















