हेटौँडा। करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको हो।
मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीको अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको मृत्यु भएको थियो ।
उनीहरु आफ्नो घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाँदै थिए । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















