विपिनको रिहाइ पहल उखान टुक्का हाने जस्तो ‘हावा गफ’ नबनोस् : ज्ञानेन्द्र शाही

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार ११:१९ गते

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विपिन जोशीको शीघ्र रिहाइको पहलको लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै तर उखान टुक्का जस्तो हावा गफ नहोस् भन्ने कामना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइको लागि सरकार गम्भीर भएको बताउँदै शीघ्र रिहाइको पहल गरिरहेको जानकारी सामाजिक सञ्जालमा दिएलगत्तै सचेतक शाहीको यस्तो प्रतिक्रिया आएका हो।

‘धन्यवाद प्रधानमन्त्री ज्यु विपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ भन्नु भएकोमा,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर उखान टुक्का हाने जस्तो हावा गफ नहान्नु होला काम गर्नु होला हामी आशावादी छौं।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*