हेटौंडा । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार तीन सय र चाँदी ३५ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै आज बिहीबार छापावाला सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सुनको मूल्य बुधबार प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता बुधबार प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य आज बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ ।
सेयर गर्नुहोस्






















