ढुंगा र माटो सहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

हेटौंडा टुडे
२०८२ भाद्र १५, आईतवार १६:३७ गते

हेटौंडा। पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा खसेको ढुंगा–माटोसहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

वर्षा नरोकिएकाले सिद्धबाबा सुरुङमार्ग निर्माण भएको क्षेत्रमा खसेको पहिरो पन्छाउन समस्या भएको दोभान प्रहरीले जनाएको छ । वर्षासँगै ढुंगा झर्ने र ढुंगासहितको माटो, लेदो झर्ने भएकाले वर्षा रोकिएपछि सडक खोलिने प्रहरिले जनाएको छ ।

अवरुद्ध सडक सञ्चालन गर्न वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । वर्षा नरोकिएकाले तल्लो सिद्धबाबा र दोभान प्रहरी चौकी क्षेत्रमै सवारी साधन रोकिएका छन् ।

सिद्धबाबा क्षेत्र अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका गन्तव्यमा पुग्ने सवारी साधन र यात्रुले सास्ती खेप्नु परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*