बाढी पहिरोका कारण १३ स्थानमा सडक अवरुद्ध

हेटौंडा टुडे
२०८२ भाद्र १७, मंगलवार १२:३५ गते

हेटौंडा ।  अविरल वर्षा सँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन्  ।

प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

पासाङल्हामु राजमार्गको  गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ  सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*