हेटौंडा। गृहमन्त्रीमा नियुक्त भएर सपथ ग्रहण गरेसँगै ओमप्रकाश अर्यालले विभिन्न निर्णय गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने समेत बताएका छन्।
मन्त्री अर्यालले आन्दोलनमा मृत्युवरण गरेका मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने तथा तथा मृतकको शव घर ठेगानासम्म पु-याउने निर्णय गरेका छन् । साथै आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय पनि गरिएकाे छ।
उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए।
सेयर गर्नुहोस्






















